फार्मासिस्ट दिवसमा आमाको माया छात्रवास र न्यू लाईट मिसनलाई सहयोग
कैलालीमा विश्व फार्मासिस्ट दिवसको अवसरमा आमाको मायाँ छात्रवास र न्यू लाईट मिसनलाई सहयोग गरिएको छ। फार्मेसी पेशाकर्मीहरुले खाद्यान्न सहयोग गरेका हुन्। धनगढीको आमाको मायाँ छात्रबास र न्यू लाईट मिसनलाई खाद्यान्न सहयोग गरिएको हो। फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मीहरुको आधिकारीक संस्था नभएपनि सबै मिलेर खाद्यान्न सहयोग गरिएको जयन्द्र बोगटीले बताए। दुई संस्थालाई चार÷चार कट्टा चामल, पाँच लिटर तेल, पाँच पोका नुन र २०÷२० किलो दाल उनीहरुले सहयोग गरेका हुन्।