सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वमा यात्रुको सहजताका लागि कैलालीका ६ ठाउँमा सहायता कक्ष

२०७६ असोज ९, ०२:०१ खबर संवाददाता

चाडपर्वमा यात्रुको सहजताका लागि कैलालीका बिभिन्न स्थानामा सहायता कक्ष स्थापना गरिएको छ। जिल्लाका विभिन्न तीन स्थानमा सहायता कक्ष स्थापना भईसकेको छ भने बाँकी तीन स्थानमा स्थापना गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘अहिले सम्म जिल्लाको गौरीफन्टा नाका, धनगढी बसपार्क र अत्तरिया बसपार्कमा सहायता कक्ष स्थापना भईसकेको छ,’ ‘जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, टीकापुर, लम्की र चिसापानीमा सहायता कक्ष स्थापनाको तयारी छ।’

आज अत्तरियामा सहायता कक्ष स्थापना गरिएको बताउँदै उनले दशैँ अगाडी नै विभिन्न स्थानमा सिसी टिभी क्यामेरा जडान गर्ने तयारी समेत रहेको जानकारी दिए। अत्तरियामा सहायता कक्षको उद्वघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टले दुईजना जनपथ प्रहरी र ट्राफिक प्रहरी कार्यालय अत्तरियाबाट एक जना ट्राफिक प्रहरी सहायता कक्षमा रहने जानकारी दिए। 

उनले चाडपर्वमा बढी भिडभाड हुने भएकाले बसपार्कमा बिभिन्न समस्या आउन सक्ने हुँदा सहयोगका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको बताए। दसैँ, तिहारलाई लक्षित गर्दै कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको समेत उनले बताए। २४ सै घण्टा सुरक्षा व्यवस्था कडा पार्ने गरि सुरक्षा योजना बनेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस