सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७६ असोज ९, ०१:४६ खबर संवाददाता

सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको छ। तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो। यस्तै चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ। अन्तराष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस