सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेतृ देउवाद्धारा सेती प्रादेशीक अस्पताललाई झुल सहयोग

२०७६ असोज ८, ०५:५९ खबर संवाददाता

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु देउवाले सेती प्रादेशीक अस्पताललाई झुल सहयोग गरेकी छन्। अस्पतालका विरामीहरुका लागि भन्दै डाक्टर देउवाले ३ सय वटा झुलहरु सेती प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर हेमराज पाण्डेलाई झुल हस्तान्तरण गरेकी हुन्।

देउवाले सेती प्रादेशीक अस्पतालमा भर्ना भएका बिरामी थप जोखिममा रहेकाले झुल हस्तान्तरण सहयोग गरिएको बताईन्। निर्वाचनको समयमा आफुले ३ सय सैयाको अस्पतालमा स्तरोन्नती गरेको भन्दै नेतृ देउवाले प्रचार गरेकी थिईन्। १० करोड रुपैया  बिनियोजन गर्न लगाएको भएपनि बर्तमान सरकारले कटौती गरेको दावी उनको थियो।

कमेन्ट लोड गर्नुस