धनगढीमा सामुदायीक विद्यालयका दुई हजार विद्यार्थीलाई झोला वितरण
धनगढी उप–महानगरपालिका भित्रका सामुदायीक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोल लगायतका शैक्षिक सामाग्रीहरु बुधवार हस्तान्तरण गरिएको छ।
धनगढी उप–महानगरपालिका, ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक), सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेसनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीहरुलाई झोला र अन्य पाठ्य समाग्रीहरु वितरण गरिएको हो।
झोला लगायतका सामाग्रीहरु रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए।