सुदूर नेपाललाई विश्वसँग जोड्दै

कश्मीरमा भूकम्प : २२ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असोज ८, १०:०२ खबर संवाददाता

पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि २२ जनाको मृत्यु भएको छ भने तीन सय जनाभन्दा बढी घाइते भएका छन्। मंगलबार दिउंसो साढे ४ बजेको समयमा मिरपुर केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मीरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

१० किलोमिटर तल केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का केन्द्रबिन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो। यस्तै भूकम्पको धक्का इस्लामाबाद, लाहोर लगायतका शहरमा समेत महसुस भएको थियो।
 

कमेन्ट लोड गर्नुस