सुनको भाउ एक सय रुपैयाँले बढ्यो

२०७६ असोज ७, १२:५५
सुनचाँदिको भाउ बढेको छन। मंगलबार सुनको भाउ एक सय रुपैयाँ बढेर तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो। यस्तै चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।





कमेन्ट लोड गर्नुस