सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते

२०७६ असोज ६, ०९:५६ खबर संवाददाता

जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा धनगढीमा तीन जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ६ ढुङ्गे बजारमा बा २ झ ३८१ नम्बरको जीप र से ४ प ८१०९ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको कैलाली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाईकलमा सवार बर्दागोरिया गाँउपालिका वडा नम्बर १ का ३५ वर्षिय नन्दबहादुर साउँद र ३१ वर्षिया लक्ष्मी रिमाल तथा जीप चालक ४७ वर्षिय हेमराज विष्ट घाईते भएका हुन्।

उनीहरुलाई प्रादेशीक अस्पताल सेतीमा उपचारका लागि ल्याइएको छ। मोटसाईकल चालक साउँद र जीप चालक विष्टको हातमा घाउ छ। मोटरसाईकलमा सवार रिमालको टाउकोमा घाउ देखिएको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस