सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुरुत्साहनको मुद्धा लागेका युवकद्वारा छोरीको हत्यापछि आत्महत्या

२०७६ असोज ६, ०१:५४ खबर संवाददाता

कैलालीमा दुरुत्साहनको मुद्धा लागेका एक युवकले छोरीको हत्यापछि आत्महत्या गरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले तीन बर्षीय छोरी अनुष्कालाई विष खुवाएर आफुले पनि आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार बैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेलले पनि कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामवहादुर विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको थियो। सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेका थिए।

जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुरपक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले कलेललाई निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए। आईतवार छोरी सहित कलेलले आत्महत्या गरेका हुन्।

अदालतको फैसलमा सुसाईट नोट समेत फेला परेको बताउँदै प्रहरी नायव उपरिक्षक बस्नेतले घटना बारे अनुसन्धान भईरहेको बताए। गौरीगंगा नगरपालिकाको बडैपुर बजारमा कस्मेटिक पसल सञ्चालन गरेका कलेलले कारागारबाट छुटेपछि एक महिनाअघि कान्छी पत्नी भित्र्याएका थिए तर कान्छी पत्नीसँग पनि सम्बन्ध जम्न नसकेपछि दिनहुँ झैझगडा हुने गरेको थियो। 

अपराध संहितामा लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन गरेका उजुरी पर्ने क्रम बढ्दै गएको छ। एक बर्षको अवधीमा कैलालीमा १४ वटा मुद्दा दर्ता भएका छन्। त्यस्मा एक जनालाई पुरपक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एकजना साधारण तारेखमा छुटेका छन्। 
 

कमेन्ट लोड गर्नुस