सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पत्रकार भट्टले विपन्न परिवारसंग जन्मदिन मनाए

२०७६ असोज ६, ११:२१ खबर संवाददाता

कैलालीका पत्रकार हेमराज भट्टले विपन्न परिवारसंग जन्मदिन मनाएका छन्। जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको गोदावरी एफएमका समचार प्रमुख भट्टले विपन्न परिवारसंग जन्म दिन मनाएका हुन्। उनले नगरपालिकाको वडा नम्बर २ गौरीशंकर टोलमा जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरमा उनले सो टोलका तीन परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। मजदुरी बाट दैनिक गुजारा गरिरहेका उनीहरुलाई आठ हजार बराबरको चामल, नुन तथा पीठो लगातका दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको भट्टले बताए। गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णराज जोशीले उनीहरुलाई खाद्यान्न हस्तान्तरण गरेका थिए।

कमेन्ट लोड गर्नुस