सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउनदेखि गेटा मेडिकल कलेज सञ्चालन गर्ने तयारी, कानूनी अन्यौलता भने कायमै

२०७६ असोज ६, ११:०१ जनक विष्ट

निर्माणाधिन गेटा मेडिकल कलेज आउँदो साउन भित्र सञ्चालन गर्ने गरी संरचना निर्माणको कामलाई थप तिव्रता दिईएको छ। छ महिना भित्र कलेज सञ्चालनका आवश्यक पर्ने आधारभुत संरचनाको निर्माण गरी आर्थिक वर्ष २०७७÷७८ देखि पढाई सुरु गर्ने गरी काम भईरहेको जनाईएको छ। तीन महिना भित्र कलेज र अस्पताल भवन हस्तान्तरण गर्ने तयारी रहेको छ।

कलेज सञ्चालनका लागि भवन निर्माणको काम चालु वर्ष भित्रै सम्पन्न गरिने भएपनि फर्निचर लगायतका अन्य संरचना बनाउन भने केही समय लाग्ने देखिएको छ।  आर्थिक वर्ष २०७७÷७८ देखि नै गेटामा मेडिकल कलेज सञ्चालन गर्ने पूर्व निर्धारीत लक्ष्य अनुसार नै भौतिक संरचना निर्माणको कामलाई थप तिव्रता दिईएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक भीम बहादुर साउँदले अस्पताल र कलेजका मुख्य संरचना निर्माणको काम अन्तीम चरण रहेको बताए। अन्य संरचना पनिको निर्माणलाई तिव्रता दिईएकाले छ महिना भित्र सम्पन्न गरिने साउँदले जानकारी दिए।  कलेज र अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने आधारभुत स्तरका भौतिक संरचना छ महिनामा तयार भएपनि फर्निचर, फिक्चर्स निर्माणमा भने समय लाग्ने देखिएको छ। तर फर्निचर र फिक्चर्सका लागि सम्झौता गर्न सूचना आह्वान गरिसकेकाले सम्झौता गरी अगाडी बढ्ने कार्यकारी निर्देशक साउँदले बताए।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले भौतिक संरचना निर्माणको कामलाई चालु आर्थिक वर्ष भित्रै सम्पन्न गरी साउनदेखि कलेज सञ्चालन गर्ने लक्ष्य राखेको भएपनि कानूनी अन्यौलतामा परेको गाँठो अझै फुक्न सकेको छैन्। खासगरी मेडिकल कलेज वा प्रतिष्ठान कुन प्रारुपमा लैजाने भन्ने विषयमा स्पष्ट नहुँदा अन्यौलता अझै कायम रहेको हो।

मेडिकल कलेज सञ्चालन गरेमा त्यस अघि नै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने हुन्छ। तर अहिले नै उक्त विषयको टुङ्गो लाग्न सकेको छैन्। मन्त्रालयले एकिकृत प्रतिष्ठान विद्येयक ड्राफ्ट गरी सैद्धान्तिक सहमतीका लागि पठाईएको छ तर मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रतिनिधिसभामा छलफलका लागि भने जान सकेको छैन्। केही दिन पहिले मात्र प्रतिनिधिसभामा अधिवेशन अन्त्य भएको छ। तर अब बर्खे अधिवेशन सञ्चालन हुन समेत समय लाग्ने हुँदा उक्त विद्येयक टाढा धकेलिने देखिएको छ।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीम बहादुर साउँदले कलेज वा प्रतिष्ठान कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषय एकिकृत प्रतिष्ठान विद्येयक पारित भएपछि मात्र टुङ्गो लाग्ने बताए। सुरुमा अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजमा पठनपाठन सुचारु हुने प्रावधान रहेको छ। तर अस्पतालका लागि आवश्यक उपकरण खरिद, जडान लगायतका सबै प्रक्रियाको सुरुवात अहिलेदेखि नै नभए मेडिकल कलेज सञ्चालनमा अझै बर्षाै लाग्ने देखिएको छ। तर त्यस्का लागि यस क्षेत्रका सरोकारवाला नियकाले पनि चाँसो दिएका छैनन्। संघीय सरकारको मातहतमा रहेको भन्दै प्रदेश सरकारले पनि कुँनै चाँसो दिएको छैन्।   
 

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस