सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पूर्व प्रेमीकालाई भेट्न गएका प्रहरी सहित दुई जना विरुद्ध अपहरणको मुद्वा

२०७६ असोज ६, १०:१६ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर ११ घोडसुवामा पूर्व प्रेमीकालाई भेट्न गएका र उनका सहयोगी गरी दुई जना विरुद्ध अपहरणको मुद्धा लागेको छ। घोडसुवाकी विवाहित युवतीलाई भेट्न गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वाणीका राजेश डगौरा र उनलाई सहयोग गर्न गएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ का विरेन्द्र चौधरी विरुद्ध अपहरणको मुद्धा दर्ता भएको हो।

दुवै जना विरुद्ध यौन दुव्र्यवहार, अपहरण र शरिर बन्धकमा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चौधरी प्रहरी जवान समेत रहेको खुलेको छ। ति युवतीसंग विगतमा डगौराको प्रेम सम्वन्ध रहेको र उनलाई भेटन जाँदा गाउँलेले बाँधेर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो।

उनीमाथि गाउँलेहरुले कुटपिट समेत गरेका थिए। यता घोडसुवाका स्थानीयले भने युवतीलाई अपहरण शैलीमा लैजान खोजेपछि समातेर प्रहरीको जिम्मा लगाएको र यौन दुव्र्यवहार, अपहरण र शरिर बन्धकमा मुद्धा दर्ता गरेको बताएका छन्।

युवतीको विवाह २०७५ जेठमा भएको थियो। डगौरा पनि विवाहित हुन्। यता डगौराका परिवारले भने युवतीका गाउँलेहरुले कुटपिट गरेको भन्दै कुटपिटमा मुद्धा दर्ता गर्ने तयारी गरेका छन्। उनीहरुको मुद्धा अहिले जिल्ला प्रहरी कार्यालय कैलालीले दर्ता भने गरेको छैन्। 

युवतीका श्रीमान भुपेन्द्र चौधरीले भने आफु पीडित भएपनि उल्टै मुद्धा लगाउने प्रयास भईरहेको आरोप लगाए। उनले आफुहरुको मुद्धा दर्तामा पनि प्रहरीले अटेरी गरेको र आईतवार मात्रै दर्ता गरेको बताए। 
 

कमेन्ट लोड गर्नुस