सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फुटसलको क्रेज बढ्दो, फ्ल्याटल्याण्डले मनायो पहिलो बार्षिकोत्सव

२०७६ असोज ५, ०४:२४

धनगढीमा रहेको फ्ल्याटल्याण्ड फुटसलको पहिलो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ। धनगढीका पाँच जना युवाहरुको झण्डै ७० लाखको लगानीमा खोलिएको फुटसलको पहिलो बार्षिकोत्सव मनाईएको हो। सोही अवसरमा मैत्रीपूर्ण खेलहरु पनि भएका थिए। 

फुटसलको गत बर्ष भदौ ४ गते धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड, सुन्दरपश्चिम अभियानका अभियान्ता तथा साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमाल र एसओएस वालग्रामका वालवालिकाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। 

धनगढीका पाँच जना युवा राकेश भट्ट, प्रेमराज जोशी, आशिष शाह, विक्कल केसी र विनोद चटौतको संयुक्त लगानीमा फ्ल्याटल्याण्ड फुटसल सञ्चालनमा ल्याईएको थियो। फुटसल सञ्चालनमा आएपछि खेलकुदको माध्यमले कुलतवाट युवाहरुलाई जोगाउन समेत टेवा पुगेको फुटसलका अध्यक्ष आशिष शाहले बताए।

छानामुनि ५–५ जना भेला भई खेल्न मिल्ने फुटबलको सानो रूप फुटसल पछिल्लो समय सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा व्यवसायिक रूपमा विस्तार हुँदै गइरहेको उनको भनाई छ। बिहान–बेलुका र सार्वजनिक बिदाको दिन फुटसल प्याक नै हुने गरेको फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष शाहले बताए।

“धनगढीमा पनि फुटबलको क्रेज ज्यादै गएको र खेल्नका लागि पर्याप्त ठाउँ नभएकाले फुटबलको सानो रूप फुटसलले व्यापकता पाएको हो,” उनले भने । ५/५ जनाको समूह बनाई फुटबलकै नियमअनुसार सानो ठाउँमा खेलिने भएकाले फुटसलप्रति सबैको ध्यान खिचिएको सोही फुटसलका सञ्चालक राकेश भट्टको भनाई छ।

बिहान बेलुका एक्सरसाइज गर्नेहरू, दिउँसो कलेज पढ्नेहरू र बेलुका कर्पोरेट हाउस तथा जागिरेहरूले फुटसल खेल्ने गरेका अर्का सञ्चालक विनोद चटौतले बताए। एक बर्वाको अवधीमा फुटसलमा आधा दर्जन बढि प्रतियोगिता सञ्चालन भईसकेका छन्। धनगढीको चटकपुरमा डल्लुज फुटसल सेन्टर पनि सञ्चालनमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस