सुदूर नेपाललाई विश्वसँग जोड्दै

चालु आर्थिक वर्षको दुई महिनामा जम्मा १ प्रतिशत खर्च

२०७६ असोज ५, ०४:१५ खबर संवाददाता

चालु आर्थिक वर्षको दुई महिनामा  जम्मा १ दशमलव ३१ प्रतिशत विकास खर्च भएको छ। सरकारले विगतका वर्षहरुमा विकास खर्च नहुने समस्यालाई यो वर्ष पार लगाउने भने पनि विकास बजेट खर्चको अवस्था सुधार हुन नसकेको हो। सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ८ अर्ब रुपैयाँ विकास बजेट छुट्याएकोमा साउन र भदौ महिनामा जम्मा ५ अर्ब ३३ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो छुट्याइएको रकमको जम्मा १ दशमलव ३१ प्रतिशत हो।

यस्तै ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च छुट्याइएकोमा २ महिनामा ६२ अर्ब ७३ करोड अर्थात ६ दशमलव ७५ प्रतिशत खर्च भएको छ। सरकारले यो वर्ष ११ खर्ब, १२ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा साउन र भदौमा १ खर्ब ४४ अर्ब रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको १३ दशमलव ९८ प्रतिशत हो। 
 

कमेन्ट लोड गर्नुस