बझाङमा वडा कार्यालयमा आगजनी
बझाङमा वडा कार्यालयमा आगजनी भएको छ। शनिबार जिल्लाको केदारस्युँ गाँउपालिका वडा नम्बर ७ को कार्यलयमा आगजनी भएको हो। आगजनीबाट कार्यालयका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेसिन लगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा अध्यक्ष प्रेम बोहराले बताए।
उनका अनुसार नचिनेका मानिसहरुको समूहले वडा कार्यालय तोडफोड गरी आगजनी गरेको हो। आफू शनिबार नव ज्योती प्राविको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउँदै वडाध्यक्ष धामीले कसले र किन जलायो भन्ने कुरा थाहा नभएको बताए। गाँउकै एक व्यक्तिले वडा कार्यालयमा आगजनी गराएको स्थानियले बताएका छन्। गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका गर्नुका साथै आगजनी गरेको स्थानीयको आरोप छ।
उनीहरुका अनुसार आरोपित धामीले वडा कार्यालयको कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन्। आगजनीबाट वडा कार्यालयमा झण्डै १५÷२० लाख रुपैयाँ बराबरको क्षति भएको छ। नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएको घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन्।
अहिले आफूहरुको यसरी आगजनी गर्ने कुनै कार्यक्रमहरु नभएको बताउँदै उनले ती व्यक्ति पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनी निष्कृय रहेको बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेको बताए।
वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। बझाङमा वडा कार्यालयमा आगजनी बझाङमा वडा कार्यालयमा आगजनी भएको छ। शनिबार जिल्लाको केदारस्युँ गाँउपालिका वडा नम्बर ७ को कार्यलयमा आगजनी भएको हो।
आगजनीबाट कार्यालयका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेसिन लगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको वडा अध्यक्ष प्रेम बोहराले बताए। उनका अनुसार नचिनेका मानिसहरुको समूहले वडा कार्यालय तोडफोड गरी आगजनी गरेको हो।
आफू शनिबार नव ज्योती प्राविको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउँदै वडाध्यक्ष धामीले कसले र किन जलायो भन्ने कुरा थाहा नभएको बतानए। गाँउकै एक व्यक्तिले वडा कार्यालयमा आगजनी गराएको स्थानियले बताएका छन्। गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका गर्नुका साथै आगजनी गरेको स्थानीयको आरोप छ। उनीहरुका अनुसार आरोपित धामीले वडा कार्यालयको कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन्।
आगजनीबाट वडा कार्यालयमा झण्डै १५÷२० लाख रुपैयाँ बराबरको क्षति भएको छ। नेत्र विक्रम चन्द (नेकपा) विप्लव समूहका जिल्ला इन्चार्ज विराटले भने वडा कार्यालयमा आगजनी गरिएको घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको बताएका छन्। अहिले आफूहरुको यसरी आगजनी गर्ने कुनै कार्यक्रमहरु नभएको बताउँदै उनले ती व्यक्ति पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनी निष्कृय रहेको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले घटना स्थलतर्फ प्रहरी टोली गएको तर आधिकारिक जानकारी भने आइनसकेको बताए। वडा कार्यालय गाँउमै भएको महादेव आधारभूत विद्यालयको एउटा भवनमा कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो।