सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान

२०७६ असोज ५, ०३:३६ खबर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। आइतबार काठमाण्डौमा १५ दिने ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रमको शुभारम्भ गर्दै उनले  नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै देशमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान हुने बताए।

उपत्यकाको बढ्दो ट्राफिक समस्या समाधानका लागि विकास निर्माणको सोच र योजनामै पुनर्विचार गर्न विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गरे। विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायातसम्बन्धी समस्या पनि स्वतः घटेर जाने भन्दै उनले सिंगो देश नै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ सबैलाई सचेत गराए।

यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने उनको विश्वास छ।

कमेन्ट लोड गर्नुस