सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उपभोक्ता समिति गठन गर्दा वडा अध्यक्षको मनोमानी

२०७६ असोज ५, ०२:१६ खबर संवाददाता

धनगढीमा उपभोक्ता समिति गठन गर्दा वडा अध्यक्षले मनोमानी गरेको आरोप लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा सडक कालोपत्रेका लागि उपभोक्ता समिति गठन गर्दा वडा अध्यक्ष माधव रानाले मनोमानी गरी आफू निकटका व्यक्तिलाई भर्ना गरेको आरोप लागेको हो।

डमौलियाका स्थानीय पूर्ण बहादुर थापाले शनिबार उपभोक्ता समिति गठनका लागि बसेको बैठकमा वडा अध्यक्षले मनोमानी गरी निकटका व्यक्तिलाई अध्यक्षमा भर्ना गरेको आरोप लगाए।

उनले अध्यक्षमा स्थानीय निर्मला  साउँद र आशाराम चौधरी उठेको भएपनि वडाअध्यक्षले बाहिरबाट भीड जम्मा गरी बम बहादुर बोहोरालाई अध्यक्ष बनाएको थापाको भनाई छ।

थापाले बम बहादुर वडा अध्यक्षकै पार्टी निकट व्यक्ति भएका कारण समितिको अध्यक्ष बनाईएको दावी गरे। तर वडा अध्यक्ष माधव रानाले भने उक्त आरोप गलत भएको बताए। उनले दुई जना बिच सहमती हुन नसकेपछि बोहोरालाई स्थानीयकै आग्रहमा अध्यक्ष बनाईएको बताए।

वडा कार्यालयले डमौलियादेखि तीन नम्बर जाने बाटो कालोपत्रेका लागि यसवर्ष उपमहानगरपालिकाबाट १२ लाख ८२ हजार बजेट विनीयोजन भएको जनाएको छ। सोही बाटो कालोपत्रेका लागि वडा अध्यक्षले मनोमानी गरेको अरोप लागेको हो।   

कमेन्ट लोड गर्नुस