सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर उद्योग वाणिज्य संघमा भण्डारी प्यानल विजयी

२०७६ असोज ५, १०:११ कमल सावद

टीकापर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट रामबहादुर भण्डारी नेतृत्वको प्यानल विजयी भएको छ। वाणिज्य संघको अध्यक्षमा भण्डारी विजयी भएका छन् भने एकजना सदस्य बाहेक अन्य सबै पदमा उनको प्यानल नै विजयी भएको छ। प्रतिद्धन्द्धीलाई दुई सय २१ मतले पराजीत गर्दै अध्यक्षमा भण्डारी पाँच सय ४१ मत लिएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी धुर्वराज खत्रीले  तीन सय २० मत पाएका छन्।  उद्योग उपाध्यक्षमा जगतराम चौधरी एक सय २६ मतले विजयी भएका छन्। उनले चार सय ६३ मत लिएर जीत हात पार्दा प्रतिद्धन्द्धी रामप्रसाद चौधरीले तीन सय ३७ मतमा चित्त बुझाएका छन्। 

वाणिज्य उपाध्यक्षमा चक्रपाणि सापकोटा पाँच सय ८५ मतले विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी कृष्णप्रसाद उपाध्यायले तीन सय ४६ मत पाएका छन्। महासचिवमा तपेन्द्र स्वारे एक सय ५८ मत अन्तरले प्रेमबहाद्र रावललाई पराजीत गर्दै विजयी भएका छन्। स्वारले पाँच सय ३२ पाएका छन् भने, स्वरले तीन सय ७४ मत पाए। सचिवमा गणेशराज रेग्मी विजयी भएका छन्। उनले टोपबहादुर विश्वकर्मालाई ९७ मतको अन्तरले प्रजित गरेका हुन्। रेग्मीको पाँच सय पाँच मत छ। विश्वकर्माले भने चार सय ८ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा पाँच सय ६२ मतका साथ कमल चौधरी विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी मोहन प्रसाद जैशीले चार सय ५३ मत पाएका छन्। सदस्यहरुमा भण्डारी प्यानलका नवराज रिमाल पाँच सय २१, तपेन्द्र कुँवर पाँच सय ६, मानबहादुर ठकुल्ला चार सय ७३, रामबहादुर साउँद चार सय ४५, टेकबहादुर सोडारी चार ४३, सन्तोश खड्का तीन सय ९७, हिक्मत रावल तीन सय ८६ मत ल्याएर विजयी भएका छन्।

खत्री प्यानलका जीवन गौचन थकाली  चार सय मत पाएर विजयी भएका छन्। सदस्यमा महिलातर्फ शिला खनाल सापकोटा चार सय ९९ मत ल्याएर विजयी भएका छन्। दलित सदस्यतर्फ अमित टमट्टा चार ६३ मतले विजयी भएका छन्। जनजाती सदस्यमा जितबहादुर चौधरी विजयी भएका छन्। उनको चार सय ११ मत छ। टीकापुर उद्योग वाणिज्य संघको एक हजार दुई मतदाता थिए। नाँै सय १६ मत खसेको हो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस