सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशरथचन्द बैतडी विद्यार्थी समाजको शुभ–कामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०७६ असोज ४, ०७:०३ खबर संवाददाता

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। समाजले आज धनगढीमा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो। कैलाली बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्ट रहेका थिए।

कार्यक्रममा बैतडी समाजका पदाधिकारी, सदस्यहरु, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, उप–प्राध्यापक, विद्यार्थी एवं बैतडी पुख्र्यौली घर भई धनगढीमा बस्दै आएकाहरुको सहभागिता रहेको दशरथचन्द बैतडी विद्यार्थी समाजका उपाध्यक्ष मोहन भट्टले बताए।


       
कमेन्ट लोड गर्नुस