सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रविधिमैत्री शिक्षक समाज गठन

२०७६ असोज ४, ०६:३४ खबर संवाददाता

कैलालीमा प्रविधिमैत्री शिक्षक समाज नेपालको कैलाली जिल्ला सम्पर्क समिति गठन गरिएको छ। शनिबार हर्क बोहराको अध्यक्षतामा १२ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।उपाध्यक्षमा नारायण भण्डारी, महिला उपाध्यक्षमा नन्दा महरा कार्की, सचिवमा उद्धब कुमार सिंह, सह सचिवमा राम बहादुर बोहरा, कोषध्यक्षमा प्रेमचन्द्र राना रहेका छन्।

यस्तै सदस्यमा दशरथ भण्डारी, रगनो चौधरी, शालिकराम उपाध्याय, कलावती उपाध्याय, तारानाथ ओझा, जनक रसिक, र विनोद हमाल रहेका छन्। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रविधिको प्रयोग गर्ने उद्देशका साथ समिति गठन गरिएको हो।

कमेन्ट लोड गर्नुस