सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकाे कपडा बैंकलाई दुई सय ९२ थान कपडा दान

२०७६ असोज ४, ०६:०० खबर संवाददाता

धनगढीको कपडा बैंकलाई दुई सय ९२ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको कपडा बैंकलाई दुई सय ९२ थान कपडा दान गरिएको हो। धनगढीकै विभिन्न क्षेत्रका व्यक्तिहरुले कपडा दान गरेका हुन। धनगढीकै पार्वती भाट, गणेशराज जोशी, कोपिला शाह, शिला थापा, देवराज गिरि, रुपा पोखरेल, रघुनाथ ओझा, टेकराज अवस्थी, ईन्द्र चन्द, जनकराज जोशी, उषा भण्डारी, देवराज भट्ट, चेतराज भट्ट, विरेन्द्र प्रसाद भट्ट, सुदर्शन चौधरी र शान्ती जोशीले कपडा दान गरेका हुन। 

कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु समेत राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ५ देखि ७ बजे सम्म बैंक समेत खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।

कमेन्ट लोड गर्नुस