सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाईते

२०७६ असोज ४, ०१:०० खबर संवाददाता

डोटीमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। शनिबार बिहान साढे ११ बजेतीर डडेल्धुराबाट दिपायलतर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल सिलगढि नगरपालिका वडा नम्बर ४ स्थित कुलपातेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णबहादुर बोहराले दुर्घटनामा परी ५ जना सामान्य घाईते भएको र एक जनाको स्थानिय सुजन अस्पतालमा उपचार भइरहेको बताए।

कमेन्ट लोड गर्नुस