सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा र बैतडीमा आँखा शिविर सम्पन्न

२०७६ असोज ४, १२:०९ खबर संवाददाता

डडेल्धुरा र बैतडीमा आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालकोे आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा आयोजना गरिएको आँखा शिविर सम्पन्न भएको हो। भदौं २९ गते देखि असोज ३ गते सम्म संञ्चालन भएको शिविरमा एक हजार २८ जनाको आँखा परिक्षण गरिएको छ। शिविरमै दुई सय तीन जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपणद्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।

शिविरहरुमा २ जना आँखाको अन्य रोगको शल्यक्रिया गरिनुको साथै ८ सय २३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको उनले बताए। गेटा आँखा अस्पतालका निर्देशक एवं बरिष्ट नेत्र विशेषज्ञ डा. सुरेश राज पन्तको नेतृत्वमा संचालित शिविरमा, बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्ट लगायत १३ जना प्राविधिकहरुको सहभागिता रहेको थियो। प्रदेशमा अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष आँखा शिविर संञ्चालन गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस