सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चन्दा संकलन गर्दा एक जना रंगेहात पक्राउ

२०७६ असोज ४, ०७:०४ खबर संवाददाता

कैलालीमा चन्दा संकलन गर्दा एक जना रंगेहात पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ का ४१ वर्षिय गगन भनिने जयबहादुर धामीलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो।

उनले सव वन डिभिजन कार्यालय सहजपुरका वन कर्मचारीलाई धम्काएर रकम मागेपछि ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख माधव विश्वकर्माको टोलीले पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। धामीले अन्य व्याक्तीलाई चन्दा मागेको र अभद्र व्यवहार गरेको आरोप पनि लागेको छ। 
 

कमेन्ट लोड गर्नुस