सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियाका व्यापारी कुटिए

२०७६ असोज ३, ०६:०८ खबर संवाददाता

कैलालीको अत्तरियाका व्यापारी कुटिएका छन्। अत्तरियाको महेन्द्रनगर रोडमा रहेको पोखरा गेष्ट हाउसका सञ्चालक सम्भव कुँवरमाथि गयराती कुटपिट गरिएको हो। धारिलो हतियारको प्रयोग गरि उनीमाथि कुटपिट भएको छ। कुँवरलाई उपचारका लागि नेपालगञ्ज लगिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए।

दुई जना अटो चालकले उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। अटोहरु मालाखेती प्रहरीको नियन्त्रणमा छन्। कुटपिटमा संग्लन व्यक्ती भने फरार छन्। परिचय खुलेका उनीहरु फरार भएका र खोजिकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस