सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान दिवसको अवसरमा कैलाली कारागारबाट ४ कैदीबन्दी रिहा

२०७६ असोज ३, १२:११ खबर संवाददाता

असल चालचलन, आचरण सुधार र ४० प्रतिशत कैद भुक्तान गरेका ४ जना कैदी बन्दीहरुलाई संविधान दिवसको अवसर पारेर जिल्ला कारागार कैलालीले आज रिहा गरेको छ। एउटा ज्यान मार्ने उद्योग र बाँकी सवारी मुद्धामा जेल जीवन बिताइरहेका थिए।

ज्यान मार्ने उद्योगमा कैद जिवन विताईरहेका कैलालीका विपतराम चौधरी, सवारी ज्यान उद्योगका टीकापुर नगरपालिका वडा नम्वर ४ का राजाराम थारु, सवारी दुर्घटना अंगभंगमा जेल जिवन विताईरहेका कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्वर ८ का मोती उराउ र सोही मुद्धाका बर्दीयाका हस्तवहादुर शाही आज रिहा भएका हुन्।

उनीहरुले अनजानमा गल्ती गरिएकाले पछुतो लागेको बताउँदै आगामी जीवन सुखमय रुपमा बिताउने बताएका छन्। एक सय ५० जनाको क्षमता रहेको कारागारमा चार सय ९५ जना कैदीवन्दी रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस