सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्क्रब टाइफसबाट दुई जनाको मृत्यु, एक ३८ जनामा सङ्क्रमण

२०७६ असोज ३, ११:५१ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट दुई जनाको ज्यान गएको छ। कैलालीको गेटाका १५ वर्षीय भरत खाती र बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंहको स्क्रब टाइफसबाट ज्यान गएको सामाजिक विकास मत्रालयले जनाएको छ।

हाल सम्म सुदूरपश्चिम प्रदेशमा एक सय ३८ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जानकारी दिए। प्रदेशमा अछाम र बाजुरा जिल्ला बाहेक अन्य ७ वटा जिल्लामा स्क्रब टाईफसको संक्रमण फैलिएको उनले बताए।

प्रदेशमा सबैभन्दा बढि डडेल्धुरा जिल्लामा ५२ जना स्क्रब टाईफसका विरामी रहेका छन्। यस्तै कैलालीमा ४२, बैतडीमा २२, कञ्चनपुरमा ९, डोटीमा ६, बझाङमा ५ र दार्चुलामा दुई जनामा संक्रमण देखिएको मन्त्रालयका सुचना अधिकारी खड्काले बताए। 

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन्। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ। माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ। 

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने गर्दछ। धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ। किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ। टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ। 

यो रोगबाट बच्न खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्दछ। 

 

कमेन्ट लोड गर्नुस