सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको के एण्ड के ट्रेर्डसमा छापा, ९१ बोरा चिनी र चार बोरा सुर्ती बरामद

२०७६ असोज २, ०६:१४ खबर संवाददाता

धनगढीको के एण्ड के ट्रेर्डसमा भन्सार कार्यालय कैलाली, आन्तरिक राजश्व कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीको सयुक्त टोलीले छापा हानेको छ। भन्सार छली सामान ल्याएको सुचनाको आधारमा सयुक्त रुपमा छापा हानिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले भन्सार छली ल्याईएको ९१ बोरा चिनी र चार बोरा सुर्ती बरामद गरिएको बताए। यस्तै आन्तरिक राजश्व कार्यालयले ट्रेडर्सका कागजातहरु पनि बरामद गर्दै अनुसन्धान थालेको छ। 
 

कमेन्ट लोड गर्नुस