सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा वडा कार्यालयमा आगजनी

२०७६ असोज २, ०२:५७ प्रकाश सिंह

बाजुरामा अज्ञात समुहले वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ३ मोहतीमा रहेको वडा कार्यालयमा बुधबार राती आगजनी गरिएको प्रहरीले जनाएको छ। राती करिव साढे ११ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटले बताए।

राती घर र छिमेकीहरु गाउँमा मेला हेर्न गएका बेला अज्ञात समुहले आगजनी गर्नुका साथै कार्यलय तोडफोड गरेको प्रहरी नायव उपरिक्षक भाटले बताए। स्थानिय धुव्रबहादुर शाहीको घरमा भाडामा वडा कार्यालय राखिएको छ। झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको प्रहरीले जनाएको छ।

गाउँमा मेला लागेकाले सबै घरका सदस्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। आगजनीपछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामान समेत नष्ट भएका छन्। हाल अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटनास्थल तर्फ प्रहरी पठाईको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस