सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्याक्टर सोरुम र वर्कसप सञ्चालन

२०७६ असोज १, ०६:४५ खबर संवाददाता

बिश्वकर्मा पुजाकै अवशर पारेर धनगढीमा ट्याक्टर सोरुम र वर्कसप सञ्चालनमा आएको छ। चार करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा भुमिपुत्र अटो एण्ड टे«ड प्राली सञ्चालनमा आएको हो।

प्रदेशका पहाडी जिल्लाका स्थानिय तह समेत सडक सञ्जालसंग जोडिए संगै ट्याक्टरको माग बढिरहेका बेला भुमिपुत्र अटो टे«डले डिबि मोटर्स प्रालीका ट्याक्टर धनगढीबाट बिक्रि गर्ने गरी अटो टे«ड सञ्चालनमा ल्याएको हो।

अन्य ट्याक्टरको तुलनामा कम तेल खाने, उच्च क्षमताको इन्जिन भएको र ठुला चक्काले गर्दा हिलो र पानीमा समेत नफस्ने भुमिपुत्र अटो एण्ड टे«ड प्रालीका प्रबन्धक निर्देशक नारद प्रसाद जोशीले बताए। 

त्यस्तै धनगढी उप महानगरपालिका वडा नम्बर ३ चटकपुरमा लिला अटो पार्टस सर्बिस सेन्टर तथा टिएक डेकुरेशन सेन्टर सञ्चालनमा आएको छ। ४० लाखको लागतमा सञ्चालन भएको वर्कसपले प्रदेशमा सञ्चालिन सवारी साधनका पार्टपुर्जा संगै सर्बिसिङ गर्ने सञ्चालक भोजराज सापकोटाले बताए। 
 

कमेन्ट लोड गर्नुस