सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी ईन्द्राको हेलिकोप्टर मार्फत उद्धार, आर्थिक अभाबमा उपचारमा समस्या

२०७६ असोज १, ०१:४१ प्रकाश सिंह

अछामको कमलबजार नगरपालिका १ मुलीकी २० वर्षिया ईन्द्रा बिकलाई थप उपचारका लागि बयलपाटा अस्पताल बाट हेलिकोप्टर मार्फत नेपालगञ्ज लगियो। अहिले उनी आर्थिक अभावमा नेपालगञ्ज मेडिकल कलेजमा तड्पिरहेकी छिन्। आईसियुमा उपचार भइरहेको भएपनि दैनिक औषधि किन्न र आईसियुको खर्च ब्यबस्थापन गर्न समस्या भएको ईन्द्राका श्रीमान मनविर बिकले वताए। 

ईन्द्राको उपचारका लागि दैनिक सात हजार भन्दा बढि खर्च लाग्दै आएको छ। आईसियुको मात्र दैनिक तीन हजार तिर्ने गरेका छन्। मनविरले भने– ‘अहिले सम्म त जेनतेन गरेको छु, सुरुमा त पैशा नहुँदा अस्पतालले भर्ना गर्न पनि आनाकानी गरेको थियो, हारगुहार गरेपछि भर्ना गरेर उपचार भइरहेको छ।’

अझै ५ दिन जति आईसियुमा राख्नुपर्ने भनेका छन्, पैशा नभएर समस्या भएको उनले वताए। ईन्द्रा सात महिने गर्भवती छन्। लगातार एक हप्ता देखि उनलाई ज्वरो आएकोले बयलपाटा अस्पतालबाट थप उपचारका लागि नेपालगंञ्ज रेफर गरिएको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनले बताए।

उनलाई भदौ २८ नेपालगंञ्ज लगिएको थियो। सामाजिक विकास मन्त्रालयको पहलमा नेपालगञ्जमा त पुयाइयो, अहिले पैशा नहुँदा उपचारमा समस्या भएको हो। आफुले नेपालगञ्ज मेडिकल कलेजलाई भनेर अहिले सम्म जेनतेन उपचार भइरहेको गौचनले थपे।

उता कमलबजार नगरपालिकाले १० हजार उपचार खर्च दिने भनेपनि ईन्द्राको विवाह दर्ता केही प्रमाण नभएकोले दिन नमिल्ने भन्दै आनाकानी गरिरहेको छ। आर्थिक अबस्था निकै कमजोर भएका मनवीरको परिवारले फलामका भाडा कराउने काम गरेर परिवार पाल्थे।

बिकको उपचारका लागी बयलपाटा अस्पतालबाट आर्थिक संकलन गर्ने काम भईरहेको बयलपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर गौचनले वताए। साथै डाक्टर गौचनले आर्थिक सहयोगका लागी  सबैलाई आग्रह समेत गरेका छन्।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस