सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुग्यो

२०७६ भदौ ३१, ०३:२१ खबर संवाददाता

कर्मचारी सञ्चय कोषको रकम ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको छ। कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा कोषमा जम्मा भएको रकम ३ खर्ब नाघेको जानकारी गराएको हो।

त्यसमध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको पनि कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए। कोषले गएको साउन महिनासम्ममा ३१ अर्ब ४५ करोड जगेडा रकम रहेको पनि जनाएको छ।

कोषले जगेडा रकमलाई देशको पूर्वाधार, उर्जा र आवास निर्माण कार्यक्रममा लगानी गर्ने तयारी पनि गरेको छ। प्रशासक गौतमले देशलाई समृद्ध बनाउने अभियानमा जगेडा रकम परिचालन गर्न लागिएको बताए। त्यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेर अघि बढने कोषको योजना छ।

कर्मचारी सञ्चय कोषमा हाल सरकारी र निजी क्षेत्र गरी ६ लाख सञ्चयकर्ताहरु रहेका छन। उनीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत सामान्य रोग लागेका १ लाख तथा घातक रोग लागेमा १० लाखसम्म उपचार खर्च दिने गरी स्वास्थ्य बीमा सेवा पनि संचालन गरिएको कोषका प्रशासक गौतमले बताए।

यस्तै कोषले सञ्चयकर्ताहरुलाई आफ्नो सेवा कालमै दुर्घटनामा परी अंगभंग भएमा वा मृत्यु भएका २ लाख दिने, काजक्रिया खर्च बापत ४० हजार रुपैयाँ दिने व्यवस्था गरिएको समेत जनाएको।
 

कमेन्ट लोड गर्नुस