सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुक्लामा तीन सयभन्दा बढी पर्यटक अलपत्र

२०७६ भदौ ३०, १२:३१ खबर संवाददाता

सोलखुम्बुको लुक्लामा सयौँ पर्यटक अलपत्र परेका छने। शुक्रबार देखि  मौसम प्रतिकुल हुँदा खुम्बुबाट काठमाण्डौ फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए।

शुक्रबार २० ओटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन सकेन। त्यस्तै, शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएको थियो भने आइतबार उडान हुन सकेन। खुम्बु क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण विमान उडान ठप्प भएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस