सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सुत्केरीको मृत्यु

२०७६ भदौ २९, १०:४५ सीपी लोहीया

बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा आइतबार राति सुत्केरीको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर १ गाउँसल्लाका दानसिंह चाँडकी २१ बर्षीया श्रीमती गौमतीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छामा शिशु जन्माए पछि गौमतीको मृत्यु भएको हो। गएरातीदेखि सुत्केरी व्यथा लागेकी गौमतीले इकाइमा आज दिउँसो शिशुको जन्माएकि थिइन्। शिशु जन्मेपछि सुतकेरीकोे मृत्यु भएको प्रहरीले जनाएको छ। जन्मिएको शिशुको अवस्था भने सामान्य छ।
मृतक महिलाका श्रीमान रोजगारीको लागि भारतमा रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साँउदले जानकारी दिए। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस