सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते

२०७६ भदौ २९, ०३:३१ खबर संवाददाता

डोटीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको पुर्वीचौकी गाउंपालिका वडा नम्बर ५ कांडामाण्डौँका ४६ वर्षीय काले साउंद भालुको आक्रमण बाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

शनिबार दिउंसो ३ बजेको समयमा बाख्रा चराउन जाने क्रममा बारीमा भालुले आक्रमण गरेको परिवार स्रोतले जनाएको छ। साउंदको कान र आँखामा गम्भीर चोट लागेको छ। उनको बयलपाटा अस्पताल अछाममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बहादुर बोहराले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस