सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एजुकेशन सेमिनार सम्पन्न

२०७६ भदौ २८, ०६:३३ खबर संवाददाता

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा आज अस्टे«लियन र क्यानडा एजुकेशन सेमिनार सम्पन्न भएको छ। अध्ययन, पिआर र अन्य प्रयोजनका लागी अस्टे«लिया र क्यानडा जान ईच्छुकहरुलाई खर्च एवम् अन्य सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी दिन सेमिनारको आयोजना गरिएको हो।

सेमिनारमा अस्टे«लिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो। अस्टे«लिया र क्यानडाका बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा साक्षात्कार गराईएको थियो। 

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले सेमिनार अस्टे«लिया र क्यानडा जान चाहने हरुका लागी एउटा अवसर भएको बताए। उनले अस्टे«लिया र क्यानडा जान अब राजधानी धाईराख्न नपर्ने र भिसा सम्बन्धि सम्पूर्ण प्रकृया धनगढीकै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबाट हुने समेत बताए। 

सेमिनारमा एक्सपर्ट नेपालका कन्ट्री म्यानेजर शरद पाठकले अस्टे«लिया जाने प्रक्रियाका बारेमा प्रस्तुती दिएका थिए। 

 

कमेन्ट लोड गर्नुस