सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याजको मुल्य बढ्यो

२०७६ भदौ २८, ०५:१६ खबर संवाददाता

नेपाली बजारमा प्याज किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ। सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो। 

नेपालमा लगाएको प्याज बाढीले बगाएको तथा लगातार पानी पर्दा उत्पादन कम भएपछि प्याजमा पनि भारतकै भर पर्नुपरेको छ। तर भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ।
 

कमेन्ट लोड गर्नुस