सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ३० लाखमा निर्माण गरिएको ग्रेटवाल डेढ वर्षमै भत्कियो

२०७६ भदौ २८, ०१:४४ खबर संवाददाता

डोटीमा झण्डै ३० लाखको लागतमा निर्माण गरिएको ग्रेटवाल डेढ वर्षमै भत्कीएको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय डोटीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ टुडीखेलमा निर्माण गरेको ग्रेटवाल भत्किएको हो।

आर्थिक वर्ष २०७४/०७५ मा निर्माण गरिएको ग्रेटवाल शुक्रवारको वर्षाले भत्कीएको स्थानीयले बताएका छन्। उक्त वाल एक कारोडको लागतमा निर्माण भएको स्थानीयले दावी गरेपनि सहरी विकास तथा भवन निर्माण कार्यालयका ईन्जिनियर मोहन विकले भने झण्डै तीस लाखको लागतमा निर्माण गरिएको जानकारी दिए।

ग्रेटवाल भत्किएपछि बाटो समेत अवरुद्ध भएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधीले अवरुद्ध बाटो खुलाईरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पैडेलले बताए।

कमेन्ट लोड गर्नुस