सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रक्तदान

२०७६ भदौ २८, १२:२० खबर संवाददाता

स्वास्थ्य संस्थामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै धनगढीमा रक्तदान गरिएको छ। सेती प्रादेशिक अस्पतालमा भएको रगतको अभावलाई मध्यनजर गरी धनगढीका युवाहरुले रक्तदान गरेका हुन्। शुक्रबार कैलाली बहुुमुखी क्याम्पसका स्ववीयु सभापति चुडामणी भट्ट सहितका १२ जनाले रक्त सञ्चार केन्द्रमा पुगेर रगतदान गरेका हुन्।

रक्तदान गर्ने  नरेश ओझा, महेन्द्र खड्का, नीरज विष्ट, भीम बडैला लगायतका १२ जनाले रक्तदान गरेको सहजीकरण गरेका नेकपाका विद्यार्थी नेता किशोर शाहले बताए। उनले धनगढीमा विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले रक्तदान गरेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस