सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आकर्षक उपहार भन्दै ठगी गर्ने छ भारतीय नागरिक पक्राउ

२०७६ भदौ २८, ११:४८ खबर संवाददाता

प्रहरीले धनगढीमा आकर्षक उपहार भन्दै ठगी गर्ने छ भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश जिल्लाको बहराईच ताहसिल पचागपुरका २६ वर्षीय शैलेश त्रिपाठी, सोही ठाउँका २९ वर्षीयनिरन्जन सिंह,  २४ वर्षीय नरपती सिंह २३ वर्षीय आशिष सिंह, ३० वर्षीय बिन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार तिवारी रहेका छन्।

उनीहरुले एक सय रुपैयामा स्क्रयाच कार्ड खरिद गरेमा साढे चार हजार सम्मको आकर्षक उपहार पर्ने र एक महिनापछि चिठ्ठामा परेको सामान डेलीभरी हुने भन्दै १० दिनदेखि ठगी गर्दै आएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै प्रहरीले उनीहरुको साथबाट ४५ हजार नगद सहित ३ थान मोवाईल, चार खोलेका र सात सय खोल्न बाँकी कुपन पनि बरामद गरिएको जनाएको छ। उनीहरुले धेरै व्यक्तिलाई ठगी गरेको बुझिएकाले पीडितलाई सम्पर्कमा आउन पनि प्रहरीले आग्रह गरेको छ।  
 
 

कमेन्ट लोड गर्नुस