सिद्धार्थ बैँक धनगढीद्वारा डस्टबिन हस्तान्तरण
सिद्धार्थ बैँक धनगढी शाखाले धनगढी उप–महानगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ। बैँकका क्षेत्रीय निर्देशक पवनचन्द्र अधिकारीले ३० वटा डस्टबिन उप–महानगरपालिकालाई आज हस्तान्तरण गरेका हुन्। बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत तीन लाख ५० हजारमा एक सय ५० डस्टबिन खरिद गरेको जनाएको छ। बाँकी डस्टविन केही दिनमा हस्तान्तरण गरिने बैँकको धनगढी शाखाका प्रवन्धक अनुप बस्नेतले जानकारी दिए।