धनगढीमा मोटिभेशनल सेमिनार सम्पन्न
धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीको आयोजनामा शुक्रवार मोटिभेशनल सेमिनार धनगढीमा सम्पन्न भएको छ। सेमिनारमा हास्य कलाकार सन्दीप क्षेत्री र सिनियर क्याप्टेन विजय लामाको सहभागिता रहेको थियो। ‘ईग्नाईट नेपाल २०१९’ मोटिभेसनल सेमिनार काठमाडौँको रक क्यासल स्टुडियोले देशव्यापी रुपमा गरिरहेको कार्यक्रममा धनगढी जुनियर जेसिज र रोटर्याक्ट क्लब अफ धनगढीको संयोजनमा आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मोटिभेसनल सेमिनारको उद्घाटन गरेका थिए।