सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजार प्रतिनिधि संघ सुदूरपश्चिमको अधिवेशन धनगढीमा सम्पन्न

२०७६ भदौ २७, ०६:११ खबर संवाददाता

नेपाल बजार बिक्री प्रतिनिधि संघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन धनगढीमा सम्पन्न भएको छ। बजार प्रतिनिधिका रुपमा कार्यरतहरु संगठित भएर प्रदेशको अधिवेशन सम्पन्न गरिएको हो।

बजार प्रतिनिधिहरुले आफ्नो कामलाइ मात्रै प्राथमिकता नदिई प्रदेशको आर्थिक बिकासमा समेत ध्यान दिन व्यवसायीहरुले आग्रह गरेका छन्। संघको प्रथम अधिवेशनमा बोल्दै कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आर्थिक बिकासमा बजार प्रतिनिधिको महत्वपुर्ण भुमिका रहने बताए।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उप महानगरपालिकाका मेयर नृप बहादूर वडले बिकास निर्माणका काममा विभिन्न पक्षले बाधा पुगाईरहेको बताए। संघको प्रथम अधिवेशनले प्रदेश स्तरिय नया कार्य समिति समेत गठन गरेको छ।

कमेन्ट लोड गर्नुस