सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढीपीडितको उद्धार धमाधम, हालसम्म १२ जनाको उद्धार

२०८३ भदौ १०, ०१:२० रासस

काठमाडौँ: भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट छ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो।

उक्त क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ।

कमेन्ट लोड गर्नुस