रसुवा बाढीका कारण ४३१ मेगावाट बिजुली अवरुद्ध
रसुवाः रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा तथा आसपासका विभिन्न जलविद्युत् आयोजना तथा सौर्य आयोजनाबाट उत्पादन हुने करिब ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ।
बाढीका कारण रसुवाका ११ वटा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको हो।
प्रभावित आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सबैभन्दा ठूलो आयोजना हो। बाढीका कारण आयोजनामा प्रत्यक्ष प्रभाव परेको र विद्युत् प्रणालीबाट बाहिरिएको जनाइएको छ।
बाढीका कारण प्रणालीबाट बाहिरिएका आयोजना तथा क्षमताको विवरण:
रसुवागढी जलविद्युत् आयोजना — १११ मेगावाट
सालासुङ्गी — ७८ मेगावाट
माथिल्लो सान्जेन — १४.८ मेगावाट
सान्जेन — ४२.५ मेगावाट
चिलिमे — २२ मेगावाट
लाङटाङ — २० मेगावाट
यूटी–३ए — ६० मेगावाट साथै त्रिशूली तथा बी (३७ मेगावाट)
माथिल्लो मैलुङ — २० मेगावाट
मैलुङ — १४.८ मेगावाट
त्रिशूली —५ मेगावाट
देविघाट — २४ मेगावाट
नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना — २५ मेगावाट
उल्लिखित आयोजनाको कुल प्रभावित क्षमता ४३१.१ मेगावाट छ।
भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनाका संरचना, प्रसारण तथा विद्युत् उत्पादन प्रणालीमा समेत असर परेको छ। बाढीका कारण क्षति पुगेका संरचनाको विस्तृत विवरण भने स्थलगत निरीक्षण तथा प्राविधिक मूल्यांकनपछि मात्र यकिन हुने बताइएको छ।