धनगढीको कपडा बैंकलाई चार सय ५८ थान कपडा दान
धनगढीको कपडा बैंकलाई चार सय ५८ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई पाँच दिनको अवधीमा चार सय ५८ थान कपडा दान गरिएको हो। धनगढी उप–महानगरपालिका क्षेत्रका विभिन्न व्यक्तिहरुले बैंकलाई कपडा दान गरेका हुन। उप–महानगरपालिको वडा नम्बर ५ तारानगरका रोशन पन्त, धनगढीकै कृती पाठक, भविता भट्टराई, सुमन क्षेष्ठ, सरस्वती बम, वसन्ती ओझा, पदम रावाल र राजेन्द्र पाण्डेले कपडा दान गरेका हुन।
कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु समेत राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ५ देखि ७ बजे सम्म बैंक समेत खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।