सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलाले बगाउँदा एकको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ २६, ०५:५६ खबर संवाददाता

कैलालीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का बिशेष डगौराको काँडा खोलाले बगाउँदा मृत्यु भएको हो। रामजानकी सामुदायिक वनमा च्याँउ खोज्न गएका डगौरा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। प्रहरी, जनप्रतिनिधी र स्थानीयहरुको संयुक्त टोलिले दिन भरी नै खोजिकार्य जारी राखेका थिए। डगौराको शव झण्डै ५ किलोमिटर टाढा जोशीपुरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस