सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन अपिल

२०८३ साउन ३१, ०९:३३ खबर संवाददाता

काठमाडौँ: कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। 

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः०५ बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको हो। महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालको नजिक रहेको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस