कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता

२०७६ भदौ २६, १२:४९
कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का बिशेष डगौरा काँडा खोलाले बगाउँदा बेपत्ता भएका हुन्। रामजानकी सामुदायिक वनमा च्याँउ खोज्न गएका डगौरा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्। खोलाले बताएको जानकारी पाएपछि प्रहरी निरिक्षक धुर्व बहादुर विष्टको नेतृत्वको प्रहरी टोलीले खोजी कार्य जारी राखेको कैलाली प्रहरीले जनाएको छ।





कमेन्ट लोड गर्नुस