सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको मृत्युपछि तीन भाइबहिनिको बिचल्ली

२०७६ भदौ २६, १२:२६ प्रकाश सिंह

बाजुरा–जिल्लाको बुढिन्नदा नगरपालिका ६ कोटिलामा बुवाको मृत्यु र आमा अशक्त भएपछि तिन भाइबहिनि बिचल्लीमा परेका छन्। स्थानीय पलिमान आउजीको ७ महिना पहिले लडेर मृत्यु भएपछि उनकी श्रीमति कृष्णा सहित तीन छोराछोरीको बिचल्ली भएको हो। कृष्णा अहिले नौ महिनाकी गर्भवती छिन्। १३ बर्षकी निरुता आउजी, ९ बर्षकी नमति आउजी र ७ बर्षका पवन आउजी बिचल्लीमा परेका हुन्। 

निरुता कक्षा ६ मा, नमति कक्षा ३ मा र पवन कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन्। पलिमान अरुको हलो जोतेर परिवार पाल्थे, उनको मृत्यु पछि परिवार बिच्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताए। बुवाको मृत्युपछि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए। घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन्। 

कृष्णा आउजीले भनिन्, आफु गर्भवती छु, बच्चा पाँउने समय भन्दा ढिलो भइसक्यो, छोरा छोरी कसरी पाल्ने चिन्ता भईरहेको छ। निरुताले भनिन्, आमालाई सहयोग गर्नुपर्छ अनि खानाको जोहो गर्नुपर्छ कापी कलम किन्नलाई पैशा समेत नहुँदा पढाइ छुट्ने गरेकोछ। पलिमान हुदा सम्म उनको परिवार कोटीला गाँउमा एउटा सानो छाप्रोमा बस्ने गरेको थियो।

उनको मृत्यु पछि घर भत्किएको थियो। माईतिको पनि घर नभएकाले गोठमा बस्नु पर्ने बाध्यता रहेको कृष्णाले वताईन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस